Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • काठमाडौंका विभिन्न स्थानबाट करिब २६ हजार लिटर अवैध मदिरा नियन्त्रणमा लिई नष्ट

    काठमाडौंका विभिन्न स्थानबाट करिब २६ हजार लिटर अवैध मदिरा नियन्त्रणमा लिई नष्ट

    अनलाइन नेपाल
  • मंगलबार, २२ कार्तिक २०७९
  • 972
    SHARES

    काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले अन्दाजि २५ हजार ९१० लिटर अवैध मदिरा नियन्त्रणमा लिई नष्ट गरिएको छ ।

    जिल्ला प्रहरी परिसर काठमाडौं तथा मातहत प्रहरी वृत्त प्रभागहरूबाट खटिएको प्रहरी टोलीले बिभिन्न स्थानबाट घरेलु मदिरा नियन्त्रणमा लिएको हो ।



    जिल्ला प्रहरी परिसरका अनुसार घरेलु मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ अन्दाजि १३ हजार ७५० लिटर र तयारी घरेलु मदिरा अन्दाजि १२ हजार १६० लिटर बरामद गरिएको थियो ।



    बरामद घरेलु मदिरालाई स्थानीय तहका पदाधिकारी समेतको रोहवरमा नष्ट गरिएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार