Online Nepal
  • बुधबार, १० पुष २०८१
  • एआईजी धानुकले पाए अवकाश, डिआइजी राणा उपत्यका प्रहरीको निमित्त प्रमुख

    एआईजी धानुकले पाए अवकाश, डिआइजी राणा उपत्यका प्रहरीको निमित्त प्रमुख

    अनलाइन नेपाल
  • मंगलबार, २२ कार्तिक २०७९
  • 972
    SHARES

    काठमाडौं । उपत्यका प्रहरी कार्यालयका अतिरिक्त महानिरीक्षक (एआईजी) रवीन्द्र बहादुर धानुकले अवकाश पाएका छन् ।

    सेवा अवधि पुरा गरी सेवानिबृत्त हुन लागेका एआईजी धानुकलाई मंगलबार काठमाडौं उपत्यका प्रहरी कार्यालयमा आयोजित बिशेष समारोहबीच बिदाइ गरिएको हो ।



    उपत्यका प्रहरी कार्यालयमा कार्यरत डीआईजी किरण राणासहितका उच्च प्रहरी अधिकारीहरुले उनलाई बिदाइ गरेका हुन् ।उनलाई प्रहरी नायव महानिरीक्षकहरू, प्रहरी वरिष्ठ उपरीक्षकहरू, प्रहरी अधिकृत लगायत प्रहरी कर्मचारीहरूले फूलमाला लगाई हार्दिक बिदाइ गरेका थिए ।



    बिदाइ समारोहलाई सम्बोधन गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक धानुकले संगठनले सुम्पेको जिम्मेवारी व्यवसायिक रूपमा सक्षमताका साथ निर्वाह गर्न सहयोग र सहकार्य गर्ने सम्पूर्ण प्रहरी कर्मचारीहरूप्रति कृतज्ञता व्यक्त गरे । सेवा अवधिभर संगठनले सुम्पिएको जिम्मेवारी आम नागरिकलाई न्याय र सुरक्षाको अनुभूति दिन र संगठनको हकहितका लागि केन्द्रित भई आफूले काम गरेको उनले उल्लेख गरे ।

    प्रहरी अतिरिक्त महानिरीक्षक धानुकले आगामी दिनमा संगठनको श्रीवृद्धिका लागि रचनात्मक सहयोग गर्न आफू तयार रहेको र हरेक प्रहरी कर्मचारीले समेत सहयोग गर्नुपर्नेमा जोड दिए । धन्यवाद मन्तव्य व्यक्त गर्दै प्रहरी नायव महानिरीक्षक किरण राणाले संगठनको श्रीवृद्धि र प्रहरी सेवालाई अझै प्रभावकारी तथा नगारिकमैत्री बनाउनका लागि सेवानिबृत्त हुन लागेका प्रहरी अतिरिक्त महानिरीक्षकबाट सल्लाह, सुझाव र निर्देशन निरन्तर प्राप्त हुने विश्वास व्यक्त गरे ।

    सोही अवसरमा प्रहरी नायव महानरीक्षकहरूले सेवानिबृत्त भएका प्रहरी अतिरिक्त महानिरीक्षक रबिन्द्र बहादुर धानुकलाई मायाको चिनो समेत प्रदान गरेका थिए । यस्तै उपत्यका प्रहरी कार्यालयको निमित्त प्रमुखको जिम्मेवारी प्रहरी नायव महानिरीक्षक किरण राणालाई दिइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार