काठमाडौं । बिरामीको मृत्युमा लापरबाही भएको भन्दै आफन्तले विरोध गरेपछि जोरपाटीस्थित नेपाल मेडिकल कलेज तनावग्रस्त बनेको छ ।
उपचारका क्रममा चिकित्सकले लापरबाही गरेको आफन्तले आरोप लगाएका छन् ।
अस्पतालको मूलगेटमा प्रदर्शन गर्दै उनीहरूले घटनाको छानबिन, उपचारमा संलग्न डाक्टरमाथि कारबाही र क्षतिपूर्तिको माग गरेका छन् ।
नारा जुलुससहित प्रदर्शन बढ्न थालेपछि मेडिकल कलेजमा प्रहरी परिचालन गरिएको छ ।
Leave a Reply