Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • शिक्षामन्त्री पौडेलकाे दावी- १५ हजार मतान्तरले चुनाव जित्छु

    शिक्षामन्त्री पौडेलकाे दावी- १५ हजार मतान्तरले चुनाव जित्छु

    अनलाइन नेपाल
  • मंगलबार, २२ कार्तिक २०७९
  • 825
    SHARES

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले आफूले यसपटकको निर्वाचन १५ हजार मतान्तरले जित्ने दाबी गरेका छन् ।

    आज बागलुङको ताराखोलामा आयोजित चुनावी अभियानलाई सम्बोधन गर्दै मन्त्री पौडेलले अहिलेको लडाइ प्रतिगमनकारीविरुद्ध भएकाले सबै एकजुट हुनुपर्ने बताए ।



    बागलुङ क्षेत्र नम्बर २ बाट पाँचदलीय गठबन्धनका साझा उम्मेदवारसमेत रहेको मन्त्री पौडेलले भने, ‘पाँच दल एकै ठाउँमा नआएको भए प्रतिगामीहरूले मुलुकलाई अँध्यारो सुरुङभित्र हालिसक्थे ।’



    पाँचदलीय गठबन्धन चुनावका लागि मात्र नभइ लोकतन्त्र र संविधान रक्षाका लागि बनेको हो उनको भनाइ छ । अघिल्लो कार्यकालमा सुरु गरेका योजना पूरा गर्न र यस क्षेत्रको मुहार फेर्नका लागि आफू फेरि एकपटक चुनावमा होमिनुपरेको मन्त्री पौडेलले जिकिर गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार