Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

ट्राफिक नियम पालना नगर्ने २० वटा स्कुल बस कारबाहीमा

काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न ठाउँबाट २० वटा स्कुल बस नियन्त्रणमा लिएर मापदण्ड पूरा गर्ने सर्तमा छोडेको छ ।

स्कुल बस निर्देशिका–२०७४ अनुसार सञ्चालन नगर्ने २० वटा स्कुल बस नियन्त्रणमा लिएर १५ दिनभित्र मापदण्ड पूरा गर्ने गरी छाडिएको हो ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जाँचका क्रममा हिजो स्कुल बस निर्देशिका अनुसार सञ्चालन नगरेका २० वटालाई नियन्त्रणमा लिएको थियो ।

सवारी चालक अनुमतिपत्र नभएको, बसको झ्यालमा डण्डी नराख्ने, कागजपत्र साथमा नराख्ने र ट्राफिक नियम उल्लङ्घन गरेका स्कुल बसलाई नियन्त्रणमा लिइएको महानगरीय ट्राफिक प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077