बागलुङ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेकपा एमालेलाई भोट माग्ने नैतिक अधिकार नभएको बताएका छन् ।
बागलुङमा सोमबार भएको चुनावी सभामा बोल्दै उनले पटक–पटक संसद्लाई भत्काउनेलाई भोट दिन नहुने बताएका हुन् ।
सत्ता गठबन्धनका तर्फदेखि प्रतिनिधि सभामा बागलुङ–१ का उम्मेदवारसमेत रहेका केसीले अहिलेको पाँच दलीय गठबन्धन संविधानको रक्षाका लागि बनेको बताए।
उनले मंसिर ४ गतेको निर्वाचनमा प्रतिगमन ढल्ने दाबी गरेका थिए। केपी ओली नेतृत्वको एमाले सरकार बनेमा संविधान मासिने र राजतन्त्र फर्कने हुँदा यसलाई रोक्न जनता अग्रसर हुनु पर्ने उनले बताए ।
आगामी निर्वाचन प्रतिगमन र अग्रगमनका बीच प्रतिस्पर्धा हुने उनको भनाई छ ।