Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

जनताको अधिकार बचाउनका लागि सत्ता गठबन्धन बनेको हो : रामचन्द्र पौडेल

तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशलाई प्रतिगमनमा लैजाने षड्यन्त्र भएपछि पाँच दलीय गठबन्धन बनेको बताएका छन् ।

तनहुँ १ का उमेदवार समेत रहेका पौडेलले तनहुँमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

उनले जनताको हातमा आएको अधिकार बचाउन गठबन्धन गरेर आफूहरु आएको बताए ।

उनले भने, ‘यो गठबन्धन कस्तो परिस्थितीमा निर्माण भएको तपाईंहरुलाई थाहै छ। संविधान बचाउने सवालमा कांग्रेस,

माओवादी र नेकपा एकीकृत समाजवादीबीच कुरा मिलेपछि अहिले हामी एकजुट भएका आएका छौँ ।’

उनले अहिले देशलाई सुशासन आवश्यक भएको उल्लेख गर्दै विकासका लागि गठबन्धन सुशासन दिने बताए ।

उनले आफूमा विकासको काम गर्ने इच्छाशक्तिसहित भएको चुनावमा होमिएको समेत बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077