Online Nepal
  • बुधबार, १० पुष २०८१
  • निवर्तमान प्रदेशसभा सदस्य विश्वकर्मा चढेको गाडी प्रहरी नियन्त्रणमा

    निवर्तमान प्रदेशसभा सदस्य विश्वकर्मा चढेको गाडी प्रहरी नियन्त्रणमा

    अनलाइन नेपाल
  • सोमबार, २१ कार्तिक २०७९
  • 1K
    SHARES

    बारा । बारा निर्वाचन क्षेत्र नं ४ क का निवर्तमान प्रदेशसभा सदस्य सुन्दर विश्वकर्मा चढेको सरकारी गाडी प्रहरीले नियन्त्रणमा लिएको छ ।

    सरकारी गाडी प्रयोग गरेर निर्वाचन आचारसंहिता विपरीत प्रचारप्रसारमा हिँडेको गुनासो आएपछि प्रहरीले गाडी नियन्त्रणमा लिएको हो ।



    स्थानीय प्रशासनको आदेशमा विश्वकर्मा चढेको गाडी औराहास्थित उनको घरबाट शुक्रबार नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।



    विकले नेकपा एकीकृत समाजवादी पार्टीको मधेस प्रदेशको प्रमुख सचेतक हुँदा सुविधास्वरुप सरकारी गाडी सुविधा पाएका थिए ।

    तर, विकले प्रदेशसभा सदस्यको कार्यकाल सकिनासाथ नेकपा एमाले प्रवेश गरेपनि गाडीको सुविधा भने प्रयोग गर्दै आएका थिए ।

    विकले १ वर्षअघि एकीकृत समाजवादीमा रहँदा देखि २–०२ ००१ झ ००८८ नम्बरको सरकारी स्कारपिओ गाडी प्रयोग गर्दै आएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार