Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

काठमाडौं–४ मा २०७४ कै कांग्रेसका थापा र एमालेका भट्टराईबीच कडा प्रतिस्पर्धा

काठमाडौं । काठमाडौं क्षेत्रनम्बर ४ मा नेपाली कांग्रेसका महामन्त्री गगन थापा र एमालेका विदेश विभाग प्रमुख राजन भट्टराईबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।

विगतका निर्वाचनको मत परिणाम र अहिलेको निर्वाचन माहोल हेर्दा पुरानै प्रतिस्पर्धीहरू थापा र भट्टराईबीच नै टक्कर हुने देखिएको हो ।

यद्यपि, यो क्षेत्रमा १४ स्वतन्त्रसहित ३१ उम्मेदवार प्रतिस्पर्धामा उभिएका छन् । दुईपटक सोही निर्वाचन क्षेत्रबाट निर्वाचित थापा कांग्रेस पार्टीभित्र र जनतामाझ उत्तिकै लोकप्रिय रहेको जिकिर गर्दै स्थानीय नवराज दाहालले भने– ‘पछिल्लो समयमा उहाँको पक्षमा खुल्दो जनमतले थापालाई जितको आधार तय गर्न सहज बनेको छ ।’

थापासँग २०७४ सालकै प्रतिद्वन्द्वी चुनावी मैदानमा प्रतिस्पर्धीका रूपमा रहेकाले राजधानीको अन्य क्षेत्रको तुलनामा यो क्षेत्रको चुनावी माहोल चर्चायोग्य छ । कात्तिक १७ बाट चुनावी अभियानलाई तीव्र बनाएका थापा र भट्टराई दुवैले आफ्नो जितको दाबी गरेका छन् । नेपाल समाचारपत्र दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077