Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

गृहजिल्लामा चुनावी प्रचार गरेर प्रधानमन्त्री देउवा धनगढी फर्किए

कैलाली । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा गृहजिल्ला डडेल्धुरामा चुनावी प्रचार गरेर आइतबार धनगढी फर्किएका छन् ।

आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा डडेलधुराबाट प्रतिनिधिसभा सदस्यको प्रत्यासी रहेका प्रधानमन्त्री देउवाले त्यहाँ आयोजित सात ठाउँका चुनावी सभालाई सम्बोधन गरेका थिए ।

देउवा चुनावी प्रचारप्रसारका लागि यही कात्तिक १७ गते डडेलधुरा पुगेका थिए । प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले प्रधानमन्त्री देउवा डडेल्धुराबाट फर्किएर धनगढी उपमहानगरपालिका–४ स्थित आफ्नै निजी निवासमा पार्टीका नेता कार्यकर्तासँगको भेटघाट थालेका छन् ।

प्रधानमन्त्री देउवा सोमबार काठमाडौं फर्किने वा नफर्किने भन्नेबारे अहिल्यै टुङ्गो लागि नसकेको स्वकीय सचिव देउवाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077