Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अब सुदूरपश्चिमको मुख्यमन्त्री खगराज नै हो, जिताएर पठाउनुहोस् : प्रधानमन्त्री देउवा

डडेल्धुरा । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापतिसमेत रहेका शेरबहादुर देउवाले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री खगराज भट्ट नै हुने बताएका छन् ।

डडेल्धुराको जुगबुढामा आइतबार आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै देउवाले अबको सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका खगराज नै हुने दाबी गरेका हुन् ।

‘अबको सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री खगराज भट्ट नै हो। मेरो पार्टीले भनिहाल्यो, अबको उनी नै हुन्। तपाईँहरू जिताएर पठाउनुहोस्,' प्रधानमन्त्री देउवाले भने ।

नेकपा माओवादी केन्द्रका नेता भट्ट गठबन्धनको तर्फबाट डडेल्धुराबाट प्रदेश सभा सदस्यका लागि साझा उम्मेदवार छन् ।

प्रधानमन्त्री देउवालाई जोगबुढामा ३२ किलोको माला लगाइदिएर स्वागत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077