Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

‘नो नट अगेन’ बन्देज विरुद्धको रिटमाथि सुनुवाइ सुरु

काठमाडौं । सामाजिक सञ्जालको पेज ’नो नट अगेन’ लगायतका पेजलाई बन्देज लगाउने निर्वाचन आयोगको निर्णयविरूद्ध सर्वोच्च अदालतमा दर्ता भएको रिटमाथि आइतबार सुनुवाइ भएको छ ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता अनिल आचार्यले रिटमाथि आइतबार न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासमा सुनुवाइ भएको हो ।

अधिवक्ता आचार्यले नेपालमा अहिलेसम्म सकारात्मक भोटको मात्रै व्यवस्था रहेको र सर्वोच्च अदालतले नै ‘नो भोट’ को व्यवस्था गर्न कानुन बनाउन निर्देशन दिइसकेको अवस्थामा ‘नो नट अगेन’का पेजमाथि बन्देज लगाउने निर्णय र चेतावनी कानुनसम्मत नभएको भन्दै त्यस्तो निर्णय बदर गराउन माग गर्दै रिट दर्ता गराएका थिए ।

कात्तिक १४ गते दर्ता भएको रिट पेसीमा चढेपनि पटकपटक हेर्न नभ्याइनेमा परेको थियो । आइतबार न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा उक्त रिटमाथि प्रारम्भिक सुनुवाइ भएको हो ।

आइतबारको सुनुवाइपछि नो नट अगेन लगायतका पेजमाथि बन्देज लगाउने आदेश उत्प्रेषणको आदेशबाट बदर भएमा नो नट अगेनका कार्यक्रम यथावस्थामा सञ्चालनमा जान पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077