Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • बीस करोड लगानीमा निर्मित ‘हिमालयन शेर्पा हस्पिटल’ राष्ट्रपतिबाट उद्घाटन

    बीस करोड लगानीमा निर्मित ‘हिमालयन शेर्पा हस्पिटल’ राष्ट्रपतिबाट उद्घाटन

    अनलाइन नेपाल
  • आइतबार, २० कार्तिक २०७९
  • 1.1K
    SHARES

    सोलुखुम्बु । सर्वोच्च शिखर सगरमाथा नजिकै २० करोड रुपियाँ लगानीमा निर्मित ‘हिमालयन शेर्पा हस्पिटल’ सञ्चालनमा आएको छ ।

    सोलुखुम्बुको खुम्बु पासाङ ल्हमू गाउँपालिका ३ फाक्दिङमा हिमालयन शेर्पा फाउन्डेशन निर्माण गरेको उक्त अस्पतालको आज बिहान एक समारोहका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी हुन् ।



    आइतबार राष्ट्रपति भण्डारीले उद्घाटन गरेसँगै २४ घण्टे आकस्मिक सेवासहितको सुविधा सम्पन्न अस्पताल संचालनमा आएको हो।



    हिमालयन शेर्पा फाउन्डेसनले करिब २० करोड रुपैयाँ लागतमा अस्पताल स्थापना गरेको हो।

    करिब १२ हजार स्थानीय र सगरमाथा क्षेत्रमा भ्रमणमा आउने स्वदेशी र विदेशी पर्यटकको उपचार गर्ने उद्देश्यले फाउन्डेसनले अस्पताल संचालनमा ल्याएको संस्थापक एवम पर्यटन व्यवसायी फुर्वा ग्याल्झेन शेर्पाले बताए।

    अस्पतालबाट ओपिडी, ल्याब, प्रसुती, माउण्टेन मेडिसिन सेवा सुविधा प्रदान गरिनेछ । निशुल्क उपचार सेवा प्रवाह गर्ने लक्ष्य सहित संचालनमा आएको अस्पतालमा अहिले एक जना चिकित्सकसहित ५ जना स्वास्थ्यकर्मी कार्यरत छन् ।

    उक्त अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले मात्र विकास गर्नुपर्छ भन्ने मानसिकताबाट माथी उठेर आमनागरिक सकेको योगदान गर्न सके दीगो र प्रभावकारी विकास संभवन हुने बताइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार