Online Nepal
  • बुधबार, १० पुष २०८१
  • प्रमुख निर्वाचन आयुक्त थपलियाले भने- पुनः मतदान गर्नुपर्ने स्थिति सिर्जना हुन दिँदैनौ

    प्रमुख निर्वाचन आयुक्त थपलियाले भने- पुनः मतदान गर्नुपर्ने स्थिति सिर्जना हुन दिँदैनौ

    अनलाइन नेपाल
  • आइतबार, २० कार्तिक २०७९
  • 879
    SHARES

    काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन भयरहित र निष्पक्ष ढङ्गले सम्पन्न गरिने बताएका छन् ।

    झापाको बिर्तामोडमा आयोग र नेपाल कानुन समाजले संयुक्तरुपमा आयोजना गरेको ‘निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन र सरोकारवालाको भूमिका’ विषयक कार्यक्रममा बोल्दै प्रमुख आयुक्त थपलियाले कुनै पनि मतदान केन्द्रमा पुनः मतदान गर्नुपर्ने स्थिति सिर्जना हुन नदिने गरी निर्वाचन आयोगले तयारी गरिरहेको जानकारी दिए ।



    कुनै पनि एक मतदातालाई लोभ, लालच, धाक वा धम्कीका कारण मतदान गर्नबाट अप्ठ्यारो स्थिति सिर्जना गर्न नदिने गरी आयोगले देशभर सचेतनामूलक कार्यक्रम लिएर हिँडिरहेको र सोही सन्दर्भमा झापामासमेत सो कार्यक्रम आयोजना गरिएको उनको भनाइ थियो ।



    त्यस्तै, सामाजिक सञ्जालमार्फत हुन सक्ने मित्थ्या सूचना, दुस्प्रचार र अत्यन्त घृणष्पद अभिव्यक्तिलाई रोक्न निर्वाचन आयोग लागि परेको बताएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार