Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • आफूलाई मार्ने योजनामा वर्तमान प्रधानमन्त्री नै संलग्न भएको इमरानको आरोप

    आफूलाई मार्ने योजनामा वर्तमान प्रधानमन्त्री नै संलग्न भएको इमरानको आरोप

    अनलाइन नेपाल
  • आइतबार, २० कार्तिक २०७९
  • 795
    SHARES

    एजेन्सी । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले आफ्नो हत्या गर्ने षड्यन्त्रमा वर्तमान प्रधानमन्त्रीको संलग्नता रहेको आरोप लगाएका छन् ।

    हत्या प्रयासका क्रममा गोली लागेर अस्पतालमा रहेका खानले निको भएपछि यस्तो बताएका हुन् ।



    बिहीबार राजनीतिक र्‍यालीमा गोली लागेर अस्पतालमा उपचार गराइरहेका खानले अस्पतालबाट भिडियो सन्देश जारी गर्दै ‘प्रधानमन्त्री शेहबाज शरिफ, गृह मन्त्री राना सनोल्लाह र एक शीर्ष सैन्य कमाण्डरले आफूलाई मार्ने निर्णय गरेको’ बताए ।



    साथै उनले त्यस दिन दुई बन्दुकधारी रहेको पनि बताए । तर पाकिस्तान सरकारले भने खानको दाबीलाई खण्डन गरेको छ ।

    उसका अनुसार खानमाथि बन्दुक हान्ने व्यक्ति धार्मिक अतिवादबाट प्रभावित अतिवादी भएको बताएको छ । पाकिस्तानको सेनाको मिडिया शाखाले पनि पूर्व खानको आरोपलाई ‘आधारहीन र गैरजिम्मेवारपूर्ण’ भनेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार