Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रधानमन्त्रीको परीक्षणमा देउवा असफल भइसके, निर्धक्कसँग हलोमा मतदान गर्नुस् : लिङ्देन

पूर्वी नवलपरासी । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्रीको परीक्षणमा कांग्रेस सभापति शेरबहादुर देउवा असफल भइसकेको बताएका छन् ।

कावासोतीको डण्डामा आयोजित राप्रपाको चुनावीसभामा शनिबार बोल्दै अध्यक्ष लिङ्देनले सो कुरा बताएका हुन् । उनले देउवालाई जति पटक प्रधानमन्त्री बनाए पनि देशलाई कुनै फाइदा नहुने बताए ।

उनले प्रश्न गर्दै भने,'पाँच पटक प्रधानमन्त्री हुँदा देशलाई केही गर्न नसकेका देउवालाई छैठौंपटक प्रधानमन्त्री बनाएर के हुन्छ ? पाँचपटक प्रधानमन्त्री भइसक्दा पनि देउवाका कारण देश र जनताले के पाए र उनलाई फेरि मत हाल्ने हो ?'

माओवादी र कांग्रेसको गठबन्धनबाट देशले मुक्ति चाहेको र त्यसको नेतृत्व गर्न आफ्नो दल आएकाले निर्धक्कसँग हलोमा मतदान गर्न उनले आग्रह गरे । कांग्रेस र कम्युनिष्टहरुले विगत ३० वर्षको अवधिमा देशलाई बेरोजगार उत्पादन गर्ने थलो बनाएको उनको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077