Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जनप्रतिनिधिले गरेको गलत काम छानविन गर्न समिति गठन गर्नुपर्छ : नेता पौडेल

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले जनप्रतिनिधिले गलत काम गरे नागरिक अगुवा सम्मिलित छानविन समिति गठन गर्नुपर्ने बताएका छन् ।

काठमाडौं निर्वाचन क्षेत्र नं ५ विशालनगरमा बुद्धिजीवी तथा पेशागत समूहले आज आयोजना गरेको ‘बृहत् अन्तरक्रिया तथा साक्षात्कार’ कार्यक्रममा बोल्दै नेता पौडेलले यस्तो बताएका हुन् ।

उनले पाँच वर्षका लागि निर्वाचित सांसद गलत काममा मुछियो भने फिर्ता बोलाउन पाउने व्यवस्था हुनुपर्ने बताए ।

उनले निर्वाचन जितेको एक वर्षभित्र जनताको समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका छन् । एक वर्षभित्र बाटोघाटो, खानेपानी, स्वास्थ्यलगायतका समस्या समाधान गर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077