Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सरकारमा पुगेपछि कांग्रेसले जनतामाझ गरेका प्रतिवद्धता पुरा गर्छ : महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी निर्वाचनपछि नयाँ सरकार बन्नासाथ डामाडोल अर्थतन्त्र सुधार गर्न नसके ठुलो दुर्घटना हुने बताएका छन्।

शनिवार काठमाडौंमा आयोजित काठमाडौं ४ आयोजित सोलुका मतदातासँगको अन्तर्क्रिया कार्यक्रममा बोल्दै थापाले यस्तो बताएका हुन् ।

उनले निर्वाचन अघि कांग्रेसले जनतामाझ गरेका प्रतिवद्धताहरु सरकारमा पुगेपछि पुरा गर्नुपर्ने बताए । यसपटक जनताले आफुहरुलाई अन्तिम मौका दिने भन्दै उहाले अन्तिम मौकाको सही तवरले सदूपयोग गर्नुपर्ने बताए ।

उनले बहुमतले गैरजिम्मेवार बनाउने अवस्था आउन नदिन सवै सजक हुनुपर्ने बताए । थापाले निर्वाचनको केहि समयपछि परिणाम देखिने गरि काम गर्न नसके दुर्घटना हुने र यसको डर गठबन्धनका सवै नेताहरुलाई हुनुपर्ने उल्लेख गरे ।

उनले कांग्रेस नेतृत्वको सरकार बनेपछि ढंगका साथ काम गर्न नसके जनताले साथ छाड्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077