Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

निर्वाचन आयोगले सोध्यो मेयर बालेनलाई २४ घण्टे स्पष्टीकरण

काठमाडौं । निर्वाचन आयोगले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)लाई स्पष्टीकरण सोधेको छ ।

हाम्रो नेपाली पार्टीका उम्मेदवारले ‘जय लौरा’ नामक फेसबुक पेजबाट लौरो अभियान सञ्चालन गरेको र

त्यस अभियानमा प्रमुख बालेन शाहकोसमेत समर्थन रहेको भन्ने जानकारी पाएपछि आयोगले उनलाई स्पष्टीकरण सोधेको हो ।

आयोगले पत्र प्राप्त भएको दुई दिनभित्र स्पष्टिकरण दिन मेयर साहलाई निर्देशन दिएको छ ।

आयोगले उनलाई ‘अनन्तराज घिमिरे अध्यक्ष रहेको हाम्रो नेपाली पार्टीसँग तपाईंको सम्बन्ध छ कि छैन?’ भनेर सोधेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077