Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • प्रधानमन्त्री देउवाले भने – दार्चुला पुगेर भाषण गर्दैमा लिम्पियाधुरा फिर्ता ल्याउन सकिँदैन

    प्रधानमन्त्री देउवाले भने – दार्चुला पुगेर भाषण गर्दैमा लिम्पियाधुरा फिर्ता ल्याउन सकिँदैन

    अनलाइन नेपाल
  • शनिबार, १९ कार्तिक २०७९
  • 822
    SHARES

    डडेल्धुरा । प्रधानमन्त्री शेरबहादुर देउवाले दार्चुला गएर भाषण गर्दैमा लिम्पियाधुरा फिर्ता ल्याउन नसकिने बताएका छन् । शनिबार डडेल्धुराको अजयमेरु गाउँपालिकाको चुनावीसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् ।

    उनले भने– ‘दार्चुला गएर भाषण गरेर लिम्पियाधुरा आउँछ ? कि लड्नुपर्यो । बन्दुक ल्याउनुहोला । होइन भने कुटनैतिक माध्यमबाट आफ्नो भूमि फिर्ता ल्याउने हो । भाषण त काठमाडौं बसेर भारत नै हाम्रो भनिदिनसक्छौँ ।’



    कांगेस सभापति समेत रहेका देउवाले ओलीले दार्चुला गएर भाषण गरेर लिम्पियाधुरा नआउने बताए । सभालाई सम्बोधन गर्दै उनले माओवादी र कांग्रेस मिले सुदूरपश्चिमको विकास छिटो हुने दाबी गरे ।



    उनले आफु पाँचौपटक प्रधानमन्त्री भइसकेको र डडेल्धुराको विकासमा लागिरहेको बताउँदै केही काम गर्न भने बाँकी रहेको बताए ।

    प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीतर्फ संकेत गर्दै षडयन्त्रपूर्ण ढंगले राष्ट्रपतिलाई मध्यराति २ बजे उठाएर संसद विघटन गरिएको र त्यसका विरुद्धमा गठबन्धन बनेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार