Online Nepal
  • बुधबार, १० पुष २०८१
  • शेखर कोइरालाले सार्वजनिक गरे संकल्प प्रस्ताव

    शेखर कोइरालाले सार्वजनिक गरे संकल्प प्रस्ताव

    अनलाइन नेपाल
  • शनिबार, १९ कार्तिक २०७९
  • 1.4K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभाका लागि मोरङ ६ बाट उम्मेदवार बनेका शेखर कोइरालाले निर्वाचनलाई लक्षित गरेर संकल्प प्रस्ताव सार्वजनिक गरेका छन् ।

    कोइरालाको संकल्प प्रस्तावमा आर्थिक असमानता र गरिवी जस्ता चुनौतीको सामना गर्ने, शुद्ध खानेपानी, ढल निकास, बिजुली, बाटो, स्वास्थ्य र शिक्षातर्फ पर्याप्त सुधार गर्ने विषय उल्लेख छ ।



    ‘युवा बेरोजगारीको समस्या डरलाग्दो छ। यसको सम्बोधन नगरी लोकतन्त्र स्थिर र उन्नत हुन सम्भव छैन । हाम्रा सम्मानित ज्येष्ठ नागरिकहरुका लागि निःशुल्क स्वास्थ्य उपचारसँगै सबै नेपालीलाई राष्ट्रिय स्वास्थ्य बिमाको सुरक्षित खाकामा बाँध्ने कार्यक्रम हामी ल्याउँदै छौं ।’



    कोइरालाको संकल्प प्रस्तावमा उल्लेख छ । आफूले जिते मोरङको विशिष्ट राजनीतिक संस्कार र परम्पराको जित हुने र समग्र राष्ट्रलाई नै असल शासन र समुन्नतिको बाटोमा अघि बढाउने प्रतिवद्धता कोइरालाले जनाएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार