काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त जयबहादुर चन्दले विभिन्न व्यक्तिलाई भोट मागेर धम्की दिएको भन्दै नक्कली विज्ञप्ती निकालेर बद्नाम गराउने प्रयास भएको छ । कार्यालयको कामको शिलशिलामा धनगढी पुगेका बेला चन्दलाई अनाहकमा बिबादमा तान्ने प्रयास गरिएको छ।
चन्दको बारेमा केही अनलाइनमा कन्चपुरको महेन्द्रनगरमा बसेर विभिन्न व्यक्तिलाई भोट मागेर धम्की दिएको भन्दै नेकपा एमाले निकट युवा संघ नेपालको नामबाट जारी भएको विज्ञप्तीसहितको समाचार छापिएको थियो ।
युवा संघका महासचिव छितिज थेवेको हस्ताक्षरसहितको उक्त विज्ञप्ति नै नक्कली भएको खुलेपछि आयुक्त चन्दको बद्नाम गराउन कुनै समूह हात धोएर लागेको प्रष्ट हुन्छ ।
कार्यालयको कामको शिलशिलामा धनगढी पुगेका चन्दको विषयमा प्रकाशित समाचारमा कुनै सत्यता नभएको पाइएको हो ।
महासचिव थेवे स्वयंले नै आफू पार्टी कामको शिलशिलामा ताप्लेजुङमा रहेको जानकारी गराउँदै उक्त विज्ञप्तिमा आफूले हस्ताक्षर नगरेको बताएका छन् ।
उनले भनेका छन् –‘म अहिले पार्टीको काममा ताप्लेजुङमा छु । मलाई यो विषयमा केही थाहा छैन । म अहिले मोबाइलमा नेट समेत नचल्ने ठाउँमा छु । डिजिटल हस्ताक्षर त अफिसमा हुन्छ । तर, मलाई केही थाहा छैन । मैले विज्ञप्ति जारी गरेको छैन । कहाँबाट आयो मलाई थाहा भएन । यो विषयमा मलाई केही थाहा छैन ।’
Leave a Reply