Online Nepal
  • बुधबार, १६ असोज २०८१
  • एसियन पेन्ट्सको गोदामबाट म्याद गुज्रिएको ८ हजार थान रङ्गको डिब्बा जफत

    एसियन पेन्ट्सको गोदामबाट म्याद गुज्रिएको ८ हजार थान रङ्गको डिब्बा जफत

    अनलाइन नेपाल
  • शुक्रबार, १८ कार्तिक २०७९
  • 1.4K
    SHARES

    काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एसियन पेन्ट्सको गोदामबाट ८ हजार थान रङ्गको डिब्बा नियन्त्रणमा लिएको छ ।

    शुक्रबार कम्पनीको सतुंगल र ललितपुरको बालकुमारीस्थित गोदाममा विभागले छापा मारेको हो । सोही क्रममा कम्पनीले उपभोग्य मिति सकिएको रङ्गलाई नयाँ मिति राखेर बजार पठाउने गरिएको फेला परेको थियो ।



    विभागका निर्देशक एवम् सूचना अधिकारी होमनाथ भट्टराईले शुक्रबार ८ हजार थान रङ्गको डिब्बा (टिनको डब्बा) जफत गरिएको जानकारी दिए ।



    उपभोग्य अवधि गुज्रेका तथा वास्तविक मूल्यलाई मेटेर बढी मूल्य सहित रिलेबलिङ् गरेर कम्पनीले बजारमा रङ्गहरु पठाउने गरेको उनले बताए ।

    बजार अनुगमन सम्बन्धी जानकारीः

    वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनको क्रममा एशियन पेन्ट्स नेपाल प्रा।लि।को गोदामबाट उपयोग मिति सकिएका तथा रङ्को डिब्बामा शुरूमा रहेको लेबल हटाई नयाँ मिति र मूल्य सहितको स्टिकर टाँसेर रिलेवलिङ् गरी बिक्रीका लागि बजार लैजान तयारी अवस्थामा राखेको करिब ८००० थान रङ्को डिब्बा (टिन) नियन्त्रणमा लिएको छ।

    काठमाण्डौंको सतुङ्गल र ललितपुरको बालकुमारी स्थित गोदाममा राखिएका उल्लिखित रङ्को बजार मूल्य करिब रु १ करोड २० लाख रहेको छ। उपयोग अवधी गुज्रेका तथा वास्तविक मूल्यलाई मेटेर बढी मूल्य सहित रिलेवलिङ् गरिएका उक्त कम्पनीका रङ् बजारमा बिक्री भएको पाईएपछि विभागले कम्पनीको उपत्यका स्थित २ वटा गोदाममा एकै पटक अनुगमन गरेको थियो ।

    सो क्रममा अवैध रूपमा बिक्रीका लागि बजारमा पठाउन राखिएका रङ्लाई नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिएको रङ्लाई हाल विभागको बबरमहल स्थित कार्यालय परिसरमा सुरक्षित राखिएको छ । रङ्को अवैध बिक्री वितरण गर्दै आएको एशियन पेन्ट्स नेपाल प्रा.लि.लाई उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम कारवाही गर्नुका साथै नियन्त्रणमा लिईएको रङ्लाई आवश्यक कानूनी प्रकृया पुरा गरि नष्ट गरिने व्यहोरा समेत सबैलाई जानकारी गराईन्छ ।

    वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग बबरमहल,

    काठमाण्डौं

    मितिः २०७९/७/१८

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार