Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रथीमा खड्का, उपरथीमा बढुवा भएका थापा र तामाङले लगाए फुली

काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले पदोन्नती भएका अधिकारीलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

कातिक १६ गतेको मन्त्रीपरिषद बैठकको निर्णयअनुसार पदोन्नती भएका नेपाली सेनाका अधिकारीलाई शर्माले दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

शुक्रबार भ्रदकालीस्थित सेनाको मुख्यालयमा मन्त्रिपरिषदको निर्णय अनुसार उनले रथी र उपरथी गरी तीन जना बढुवा भएका अधिकारीले दर्ज्यानी चिन्ह प्रदान गरे ।

सीताराम खड्कालाई रथी, बिजय थापा र आशबहादुर तामाङ पिएचडीलाई उपरथीको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

आज रथीमा पदोन्नती भएका खड्का बलाध्यक्षमा नियुक्ती भएका छन् । त्यसैगरी उपरथी थापा सुदूरपश्चिम पृतना हेडक्वाटरका पृतनापति र तामाङ नेपाली सैनिक बार कलेजका शिक्षाध्यक्षमा नियुक्त सेनाको मुख्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077