Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

विश्वप्रकाश भन्छन् - आगामी चुनावमा कांग्रेस पहिलो बन्छ, माओवादीसँग मिलेर सरकार बनाउँछौं

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले २०७४ को निर्वाचन परिणाम उल्टिने दाबी गरेका छन् ।

झापा इलामको सिमाना बेसीबजारमा भएको कार्यक्रममा बोल्दै महामन्त्री विश्वप्रकाशले यस्तो बताएका हुन् ।

उनले अघिल्लो निर्वाचनको परिणाम आफू उमेदवार भएको क्षेत्र झापा १ सँगै देशभर नै उल्टिने बताए । उनले भने,'७० मा करिब ७०० मतले हारेँ । ७४ मा जितिन्छ कि भनेको छापामार शैलीमा दुई कमरेड मिल्दिनुभयो । ७४ सालको घटना मैले सम्झे झैँ ७९ मा अहिले उता एमालेले त्यहाँ सम्झिरहने छ ।'

उनले यो निर्वाचनमा कांग्रेस पहिलो, नेकपा एमाले दोस्रो पार्टी हुने र नेकपा माओवादी केन्द्र भने तेस्रो नै हुने बताए । कांग्रेस र माओवादीको सरकार हुने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077