Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सन्दीप लामिछानेलाई केन्द्रीय कारागार सुन्धारा पुर्‍याइयो

काठमाडौं । राष्ट्रिय क्रिकेट टीमका पूर्वकप्तान सन्दीप लामिछानेलाई केन्द्रीय कारागार सुन्धारा पुर्‍याइएको छ ।

नाबालिक बलात्कारको अभियोग लागेका सन्दीपलाई पुर्पक्षका लागि थुनामा राख्न काठमाडौं जिल्ला अदालतले शुक्रवार आदेश दिएपछि केन्द्रीय कारागार पुर्‍याइएको हो ।

थुनछेक बहसका लागि काठमाडौं जिल्ला अदालत पुर्‍याइएका सन्दीपलाई प्रहरीको भ्यानमा राखेर केन्द्रीय कारागार लगिएको हो ।

अब मुद्दाको अन्तिम टुंगो नलाग्दासम्म सन्दीप कारागारमै रहनेछन् । १७ वर्षीय किशोरीलाई काठमाडौंको एक होटलमा लगेर बलात्कार गरेको अभियोग सन्दीपमाथि छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077