काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले जनगणतन्त्र आइसल्यान्डको औपचारिक भ्रमण गर्ने भएकी छिन् ।
महिला राजनीतिज्ञको विश्वव्यापी सञ्जाल ”वुमन पोलिटिकल लिडर्स (डब्लूपीएल)” कार्यक्रममा सहभागी हुन उनी यही कात्तिक २१ देखि २६ गतेसम्म आइसल्यान्डको भ्रमणमा जाने हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
भ्रमणको तयारीबारे आज शुक्रवार परराष्ट्र मन्त्रालयमा भएको सरोकारवाला निकायसँगको छलफलमा मन्त्रालयका सचिव भरतराज पौड्यालले राष्ट्रपतिको भ्रमणको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएका छन् ।
उनका अनुसार राष्ट्रपति भण्डारी १८ सदस्यीय नेपाली प्रतिनिधिमन्डलको नेतृत्व गर्दै आइसल्यान्ड भ्रमणमा जाने छन् ।
Leave a Reply