Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

दोहोरो नागरिकता बनाएर अमेरिका जान लागेका राई पक्राउ

काठमाडौं । दोहोरो नागरिकता र दोहोरो राहदानी भएका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

दोहोरो नागरिकता भएका उदयपुर वेलका नगरपालिका-७ का ४१ वर्षीय ओम बहादुर राईलाई प्रहरीले पक्राउ गरेको हो ।

दोहोरो नागरिकता र दोहोरो राहदानी बनाई अमेरिका जान लागेको भन्ने गोप्य सूचनाको आधारमा अमेरिकी दूतावासको समन्वयमा काठमाडौं उपत्यका अपराध अनुसन्धानको कार्यालयबाट खटिएको टोलीले राईलाई पक्राउ गरेको हो ।

राईको साथबाट प्रहरीले अमेरिकन राजदूतावास नजिकबाट दुई वटा नागरिकता र राहदानी बरामद गरेको छ ।

राईलाई नियन्त्रणमा लिई नागरिकता ऐन र राहदानी ऐन अन्तर्गतको कसुरमा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077