काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मुक्तिनाथ मन्दिर परिसरमा भगवान् विष्णु प्रस्तर मूर्तिको शिलान्यास गरेकी छिन् ।
शुक्रबार भण्डारीले शिलान्यास गरेको मन्दिर गैरआवासी नेपाली संघका पूर्वअध्यक्ष शेष घले र पूर्वउपाध्यक्ष सोनाम लामाको संयुक्त लगानीमा बन्न लागेको हो ।
गुरुयोजनाअनुरूप भगवान् विष्णुको ढुंगाकै ठूलो मूर्ति बनाउन लागिएको छ । यो मूर्ति स्थापनाका लागि संघका पूर्वअध्यक्ष घलेले ५० लाख रुपैयाँ सहायता गरेका हुन् ।
३५ फिट अग्लो विष्णु मूर्ति र सम्बन्धित अन्य संरचना निर्माणका लागि करिब नौ करोड रुपैयाँ लाग्ने आकलन रहेको छ । विष्णुको मूर्ति पाटन औद्योगिक क्षेत्रमै निर्माण गरिरहेको आयोजकले जनाएको छ ।
राष्ट्रपतिबाट मुक्तिनाथको रानीपौवामा निर्माण गरिएको ‘लो मुस्ताङ हिमालयन रिसोर्ट’को पनि शुभारम्भ गर्ने जनाइएको छ ।
Leave a Reply