Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • राष्ट्रपति भण्डारी मुस्ताङमा

    राष्ट्रपति भण्डारी मुस्ताङमा

    अनलाइन नेपाल
  • शुक्रबार, १८ कार्तिक २०७९
  • 816
    SHARES

    मुस्ताङ । राष्ट्रपति विद्यादेवी भण्डारी आज बिहान मुस्ताङ गएकी छन् । मुक्तिनाथमा गौतम बुद्धको मूर्ति अनावरण गर्न उनी मुस्ताङ गएकी हुन् ।

    बारागुङ मुक्ति क्षेत्र गाउँपालिका वडा नं १ रानीपौवामा राष्ट्रपति भण्डारीले ३५ फिट अग्लो बुद्धको प्रस्तर मूर्ति अनावरण गर्ने कार्यक्रम छ ।



    उनले सोही क्षेत्रमा सोही आकारको विष्णुको मूर्ति शिलान्याससमेत गर्नेछिन् । नेपाली सेनाको हेलिकोप्टरबाट मुस्ताङमा ओर्लिएलगत्तै उनी मुक्तिनाथ मन्दिरको दर्शन गर्न गएकी थिइन् ।



    मुक्तिनाथ दर्शन गरेपछि उनी बुद्ध मूर्ति अनावरण तथा विष्णु मूर्ति शिलान्यास समारोहमा सहभागी भइन् । मुस्ताङको मुक्तिनाथ हिन्दू र बौद्ध धर्मावलम्बीहरुको तीर्थस्थल हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार