Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

युद्धमा पराजित गर्न नसकेपछि रुसले उर्जा आतंक मच्चायो : जेलेन्स्की

एजेन्सी । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसमाथि उर्जा आतंक मच्चाएको आरोप लगाएका छन् ।

बिहीबार राति देशवासीका नाममा सम्बोधन गर्दै राष्ट्रपति जेलेन्स्कीले युद्धमा पराजित गर्न नसकेपछि उर्जा आतंक मच्चाएको आरोप लगाएका हुन् ।

रुसले युक्रेनका उर्जा केन्द्रहरुमा गरेको आक्रमणका कारण आधा भन्दा बढी क्षेत्र अन्धकारमा फसेको र ४५ लाख सर्वसाधारण उर्जाविहिन अवस्थामा बाँच्नु परेको भन्दै जेलेन्स्कीले बताए ।

साथैै उनले रुसले ध्वस्त बनाईदिएका एक तिहाई उर्जाकेन्द्रको मर्मत छिट्टै गर्ने बताए । युक्रेनी सेनाको प्रतिकारमा कब्जा गरिएका क्षेत्रबाट पछि हट्नु परेपछि रुसले ड्रोन मार्फत युक्रेनका उर्जा केन्द्रहरुमा आक्रमण गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077