Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मन्दिरमा पूजा गरेर गगनले सुरु गरे चुनावी अभियान, भन्छन् - जनताको मतको इज्जत राख्छौं

काठमाडौं । कांग्रेसका महामन्त्री एवं काठमाडौं क्षेत्र नम्बर ४ मा सत्ता गठबन्धनका साझा उम्मेदवार गगन थापाले यसपटक चुनाव जितेपछि जनतालाई निराश नबनाउने बताएका छन् ।

काठमाडौंको चाबहिलस्थित गणेशथानको मन्दिरमा पुजाआजा गरी चुनावी अभियानको सुरूवात गर्दै थापाले सो कुरा बताएका हुन् । उनले जनताका अपेक्षा पूरा गर्ने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरे । थापाले जनताको मतको सम्मान गरिने र जनतालाई निराश नबनाउने पनि बताए ।

‘हामी यसपटक चुनाव जितेपछि जनतालाई निराश बनाउँदैनौं, हामी चुक्ने छैनौं,’ उनले भने, ‘जनताको मतको इज्जत राख्छौं।’

उनले निर्वाचन जितेपछि जनताका अपेक्षा सुझबुझ र परिपक्क ढंगले पूरा गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077