काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले जनताकै विश्वासबाट प्रधानमन्त्री बनेर देश हाँक्ने बताएका छन् ।
बिहीबार काठमाडौं–४ मा आयोजित मतदातासँगको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेता थापाले यस्तो बताएका हुन् । प्रधानमन्त्री भएर देशलाई हाँक्ने कुरामा आफू विश्वस्त रहेको उनले बताए ।
जनताको विश्वासका कारण आफू महामन्त्री भएको र भोलि जनताकै विश्वासबाट प्रधानमन्त्री बनेर देश हाँक्ने उनले प्रतिवद्धता व्यक्त गरे ।
‘तपाईंहरूले गर्नुभएको विश्वासको कारणले आज नेपाली कांग्रेसको महामन्त्री भएको छु,’ महामन्त्री थापाले भने, ‘भोलि तपाईंहरूको विश्वासले नै प्रधानमन्त्री भएर देशलाई अगाडि हाँक्ने कुरामा विश्वस्त छु।’
अहिले आफू प्रतिस्पर्धीसँग जुध्ने बेला भएको कारणले सहयोग गर्न उनले मतदाता समक्ष आग्रह गरेका छन्।
Leave a Reply