Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रधानसेनापति ट्राइ एडभेन्चर मंसिरमा हुने, २५ टिमले प्रतिस्पर्धा गर्ने

काठमाडौं । नेपाली सेनाको आयोजनामा पाँचौं संस्करणको प्रधानसेनापति अन्तर्राष्ट्रिय ट्राइ एडभेन्चर प्रतियोगिता आगामी मंसिरमा हुने भएको छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय टोलीको सहभागिता रहने उक्त प्रतियोगिता आगामी मङ्सिर ९ गते हुने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा नेपाली सेनाका सेनानी एवं उक्त प्रतियोगिताका निर्देशक राजीव चन्दले जानकारी दिए ।

उनले उक्त प्रतियोगितामा सहभागी हुन चाहने इच्छुक टोलीले आगामी मङ्सिर १ गतेसम्म टिम दर्ता गराउन पाउनेसमेत बताए । उक्त प्रतियोगितामा निःशुल्क टिम दर्ता गराउन पाइनेछ । दौड, साइक्लिङ र र्‍याफ्टिङ समावेश हुने उक्त प्रतियोगितामा एक टिममा चार खेलाडी सहभागी हुनेछन् ।

‘रन-राइड-र्‍याफ्ट’ (दौड-साइक्लिङ-र्‍याफ्टिङ) समावेश प्रतियोगितामा विदेशी १० टिमसहित कूल २५ टिमले प्रतिस्पर्धा गर्ने आयोजक नेपाली सेनाले जनाएको छ ।

प्रतियोगितामा पहिलो स्थान हासिल गर्ने टोलीले दुई लाख रुपियाँ प्राप्त गर्नेछ । यसैगरी दोस्रो हुने टोलीलाई एक लाख ६० हजार, तेस्रोलाई एक लाख, चौथोलाई २० हजार र पाँचौँलाई १० हजार रुपियाँ पुरस्कार प्रदान गरिने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077