Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

विनोद चौधरी भन्छन् - राजनीतिको मूल प्रवाह विकास निर्माणमा लाग्नुपर्छ

नवलपरासी । नेपाली कांग्रेसबाट पश्चिम नवलपरासी क्षेत्र नम्बर १ का उमेदवार विनोद चौधरीले राजनीतिको मूल प्रवाह विकास निर्माणमा लाग्नुपर्ने बताएका छन् ।

बिहीबार वडा कार्यसमिति बर्दघाट–१३ ले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै चौधरीले यस्तो बताएका हुन् ।

चौधरीले युवा, महिला र सबै वर्ग अट्ने गरी स्पष्ट विकासको खाका कोरेर अघि बढ्नुपर्ने आफ्नो मान्यता रहेको बताए । उनले आम मतदाता र उमेदवारबीचको दुरी चिर्नेगरी आफू मैदानमा उत्रिएको पनि बताए ।

यस्तै उनले सत्ताका लागि मात्र गरिने राजनीतिको आयु कम हुने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077