रुपन्देही । प्रहरीले दुई किशोरीमाथि सामुहिक बलात्कार गरेको आरोपमा ९ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सैनामैना नगरपालिका–१० का १८ वर्षका बबि पाण्डे, २६ वर्षीय रामबहादुर बिक, सैनामैना–११ बनकट्टिकी १९ वर्षीय पदम कार्की र गैडहवा गाउँपालिका–८ का १८ वर्षीय राहुल परियारलगायत रहेका छन् ।
जिल्लाको कञ्चन गाउँपालिका–२ गोफ्लापुरमा १५ र १६ बर्षीया किशोरीलाई बुधबार राति अपहरण गरी बलात्कार गरेको आरोपमा उनिहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
गाउँमा लागेको सांस्कृतिक कार्यक्रम हेरेर फर्कने क्रममा ती किशोरीहरुलाई १०÷१२ जनाको समूहले गैडहवा गाउँपालिका–२ कुलीचौरस्थित कञ्चन खोलाको बगरमा सामूहिक बलात्कार गरेको प्रहरीको भनाइ छ ।
घटनामा संलग्न अन्यको खोजी भइरहेको र पक्राउ परेकाको बयानका आधारमा घटनामा संलग्न अन्यको पहिचान खुल्ने प्रहरीले जनाएको छ ।
Leave a Reply