Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सन्दीप लामिछाने विरुद्धको मुद्दा शुक्रबारका लागि हेर्दाहेर्दैमा

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा थुनछेक बहस नसकिएपछि अब शुक्रबारका लागि हेर्दाहेर्दैमा राखिएको हो ।

आज अधिवक्ताहरु कृष्ण सापकोटा, सविता भण्डारी, सुवास पाठक र लव मैनाली र रमण श्रेष्ठले सन्दीपको तर्फबाट बहस गरेका थिए।

लामिछानेको पक्षमा बहस गर्न वरिष्ठ अधिवक्ता शम्भु थापा पनि थपिएका थिए । प्रतिवादी सन्दीपका तर्फबाट बिहीबार ८ जना अधिवक्ताले बहस गरेका छन् ।

बुधबारबाट जारी थुनछेक बहसमा बिहीबारसम्म ४ सरकारी वकिल र ११ जना अधिवक्ता गरी १७ जनाले बहस गरिसकेका छन् ।

सन्दीपविरुद्ध १० देखि १२ वर्षको कैद सजाय माग गर्दै मुद्दा दायर भएको छ। सन्दीपले भने आफूमाथिको आरोप अस्वीकार गर्दै आएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077