Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • डडेल्धुरामा प्रधानमन्त्री देउवालाई धक्का, दुई पूर्वसभापति मल्लको पक्षमा

    डडेल्धुरामा प्रधानमन्त्री देउवालाई धक्का, दुई पूर्वसभापति मल्लको पक्षमा

    अनलाइन नेपाल
  • बिहिबार, १७ कार्तिक २०७९
  • 909
    SHARES

    डडेलधुरा । नेपाली कांग्रेस डडेलधुराका २ पूर्व जिल्ला सभापतिले आगामी चुनावमा कर्ण मल्ललाई समर्थन गर्ने घोषणा गरेका छन् ।

    कांग्रेस डडेलधुराका पूर्व जिल्ला सभापति शेरबहादुर ढाँट र रामचन्द्र चटौतले पार्टीका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको साथ छाडेर मल्ललाई समर्थन गरेका हुन् ।



    डडेल्धुरामा कांग्रेस र शेरबहादुर देउवाका नामबाट सीमित व्यक्तिहरूले जनतामाथि जनताकै मत प्राप्त गरी गर्ने अन्याय, अत्याचार शोषण र दमनबाट मुक्ति दिलाउन मल्ल र जोशीलाई समर्थन गरिएको विज्ञप्तीमा उल्लेख छ।



    पछिल्लो समय जोशी सत्तारुढ नेकपा एकीकृत समाजवादीमा आवद्ध भएर राजनीतिमा सक्रिय रहेका थिए। यसअघि कांग्रेस बीपीले नेकपा एमालेसँग गरेको चुनावी तालमेल तोडेको थियो।

    कांग्रेसका पूर्व जिल्ला सभापति रहेका मल्ल नेपाली कांग्रेस वीपीबाट देउवाविरुद्ध चुनावमा उठेका छन् । कांग्रेस बीपीले डडेल्धुराको प्रदेश सभा २ मा स्वतन्त्र उम्मेदवार डा.तारा जोशीलाई समर्थन गरेको छ।

    उनीहरुले विज्ञप्तिमा भनेका छन्, ‘वीपी कोइरालाले भनेजस्तै ‘कांग्रेस पार्टी सत्तामा गइसकेपछि सुकिलमुकिला पार्टीभित्र हावी हुने छन् र सच्चा कार्यकर्ताहरुले पुन संघर्ष गर्नु पर्नेछ’ भन्ने मान्यता डडेलधुरामा हुबहु लागु भएको छ ।’

    संयुक्त विज्ञप्तिमा उनीहरुले डडेलधुरामा कांग्रेस र शेरबहादुर देउवाका नामबाट केही सिमित व्यक्तिहरुले आम जनतामाथि जनताकै मतप्राप्त गरी गर्ने अन्याय, अत्याचार शोषण र दमनबाट मुक्त गराउन मल्ला र जोशीलाई समर्थन गरेको बताएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार