Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

भरुवा बन्दुक देखाएर श्रीमती कुट्ने विश्वकर्मा पक्राउ

मोरङ । भरुवा बन्दुक देखाएर श्रीमती कुट्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मोरङको उर्लाबारी नगरपालिका-२ सिमसार टोल बस्ने ३१ वर्षीय दीपक विश्वकर्मालाई १ थान अवैध भरुवा बन्दुकसहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

मादक पदार्थ सेवन गरी दीपकले आफ्नो घरमा रहेको भरुवा बन्दुक निकाली श्रीमतीलाई डर त्रास देखाई कुटपिट गर्ने गरेको प्रहरीले जनाएको छ ।

अस्थायी प्रहरी चौकी मंगलबारेबाट खटिएको प्रहरीले उनलाई भरुवा बन्दुकसहित पक्राउ गरेको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077