Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पशुपति दर्शन गर्न आएका भारतीय चढेको बस नवलपरासीमा दुर्घटना

काठमाडौं । नवलपरासी बर्दाघाट सुस्ता पूर्वको गैंडाकोट नगरपालिका–९ स्थित जयश्रीपुल नजिकै आज बिहान भारतीय नम्बर प्लेटको बस दुर्घटना हुँदा चालक सहित २२ जना घाइते भएका छन् ।

भारतको गुजरातबाट पशुपति दर्शनको लागी काठमाण्डौ आउँदै गरेको भारतीय नम्बर प्लेटको बस आज बिहान सवा ५ बजे पल्टिएको थियो ।

घाइतेहरूलाई उपचारको लागी भरतपुर चितवन तर्फ पठाईएको इलाका प्रहरी कार्यालय गैंडाकोटले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077