Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सन्दीपको मुद्दामा आज पनि थुनछेक बहस, आजै थुनछेक आदेश जारी हुनसक्ने

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको बलात्कारको मुद्दामा आज पनि थुनछेक बहस हुने भएको छ । बुधबार बहस नसकिएकाले सन्दीपको मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो ।

काठमाडौं जिल्ला अदालतमा थुनछेक बहस हुन लागेको हो । बुधबार निवेदकको तर्फबाट चार जना सरकारी वकिलसहित ७ जनाले बहस गरेका थिए भने सन्दीपको तर्फबाट भने दुई जनाले बहस गरेका थिए।

सन्दीपको तर्फबाट थप वलिकले आज बहस गर्नेछन्। सन्दीपको प्रतिरक्षामा बहस गर्न वरिष्ठ अधिवक्ता रमन श्रेष्ठ, लभप्रसाद मैनाली, कृष्णप्रसाद सापकोटा, सविता बराल भण्डारी र अधिवक्ता मुरारीप्रसाद सापकोटाले वकालतनामा पेस गरेका छन् ।

सन्दीपका कानुन व्यवसायीले पीडित भनिएकी किशोरी बालिग रहेको भन्दै प्रमाण समेत इजलाससमक्ष पेस गरेका छन्। पीडित भनिएकी किशोरीको जन्मदर्ता, स्कूलमा भर्ना हुँदाका विवरणहरु, बसाइँ-सराइका कागजहरु पेस गरिएको अधिवक्ता मुरारीप्रसाद सापकोटाले बताए ।

सन्दीपविरुद्ध १० देखि १२ वर्षको कैद सजाय माग गर्दै मुद्दा दायर भएको छ। सन्दीपले भने आफूमाथिको आरोप अस्वीकार गर्दै आएका छन् । सन्दीपका पक्षका कानुन व्यवसायीहरुको बहस सकिएमा सम्भवतः आजै थुनछेक आदेश जारी हुनेछ। अदालतले मुद्दाको पुर्पक्षका लागि सन्दीपलाई थुनामा पठाउने कि धरौटी वा साधारण तारेखमा राख्ने भन्ने आदेश जारी गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077