Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सन्दीपका वकिल भन्छन् - अभियोग पुष्टि हुने प्रत्यक्ष प्रमाण किशोरी पक्षले पेस गर्न सकेन

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको बलात्कार मुद्दामा थुनछेक बहस सुरु भएको छ । बुधबारबाट सुरु भएको थुनछेक बहस सकिएको छैन। जसकारण मुद्दा हेर्दाहेर्दैमा राखिएको छ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधव घिमिरेको इजलासमा भएको थुनछेक बहसमा बुधबार सरकारी वकिलका तर्फबाट चार जनाले बहस गरे । उनीहरुले सन्दीपले बलात्कार गरेको दावी गरे । यता सन्दीपको तर्फबाट पनि दुई जना वकिलहरुले बहस गरेका थिए ।

उनीहरुले लामिछानेमाथि लगाएको आरोप पुष्टि गर्ने कुनै प्रमाण नभएको भन्दै लामिछानेले सफाई पाउनुपर्ने दाबी गरे । थुनछेक बहसको पहिलो दिन आज काठमाडौं जिल्ला अदालतमा प्रतिवादीको तर्फबाट दुई कुरामा जोड दिएको सन्दीप पक्षका वकिल मुरारी सापकोटाले बताए ।

उनले जबर्जस्ती करणीको अभियोग दर्ता गराएकी किशोरीको अभियोग पुष्टि हुने प्रत्यक्ष प्रमाण अभियोजन पक्षले पेस गर्न नसकेको बताए ।

उनले पीडित भनिएकी व्यक्तिको वास्तविक उमेर नागरिकता वा जन्मदर्ता केलाई आधार मान्ने भन्ने बारेमा पनि वकालत गरेको बताए । उनले आफूहरूले पीडित भनिएकी किशोरीको उमेर जन्मदर्तालाई आधार मानेर वकालत गर्नुपर्नेमा जोड दिएको पनि बताए ।

नागरिकता जागिर खानलाई सहज बनाउनका लागि घटाएर बनाइने प्रचलन रहेकाले जन्म दर्तालाई नै आधार मान्नुपर्ने कुरामा जोड दिएको बताए ।

पीडित भनिएकी किशोरीको जन्मदर्ता, स्कुलमा भर्ना हुँदाका विवरणहरु, बसाइँ-सराइका कागजहरु पेस गरिएको अधिवक्ता सापकोटाले बताए।

उनीहरुले पेस गरेको जन्मदर्ता तथा स्कुलको विवरण अनुसार पीडित भनिएकी किशोरीको जन्म मिति २०६१ असार १८ गते रहेको छ। उनीहरुले पेस गरेको उक्त विवरण अनुसार घटना भएको मितिमा किशोरीको उमेर १८ वर्ष पूरा भइसकेको हुन्छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077