Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

धितोपत्र बोर्डविरुद्ध संवैधानिक इजलासमा रिट दर्ता

काठमाडौं। सीमित व्यापारिक घरानाका व्यक्तिहरुलाई लाभान्वित गराई योजनाबद्ध रुपमा ल्याइएको धितोपत्र बजारसम्बन्धी तीन थान नियमावलीहरु संशोधनका प्रावधानहरु प्रारम्भदेखि नै बदर गर्न माग गर्दै संवैधानिक इजालासमा आज रिट दर्ता भएको छ।

पुँजी बजार र धितोपत्र कानूनका विज्ञ अधिवक्ता अमृत खरेल एवं आर्थिक पत्रकार इन्द्रबहादुर बानियाले आज (बुधबार) सर्वोच्च अदालतको संवैधानिक इजालासमा उक्त रिट दर्ता गरेका हुन।

धितोपत्र बजार नियमनको विश्वव्यापी सिद्धान्त तथा उत्कृष्ट अन्तर्राष्ट्रिय अभ्यासहरु, न्यायका मान्य सिद्धान्त तथा सर्वोच्च अदालतबाट प्रतिपादित नजिर सिद्धान्तसमेतसंग बाझिएको हुनाले प्रारम्भदेखि नै अमान्य र बदर घोषित गरी उत्प्रेषण, परमादेश, प्रतिषेध लगायत उपयुक्त आदेश समेत जारी गरी पाउन रिटमा उपचार माग गरिएको छ।

यस्तै प्राइभेट कम्पनी पनि एक्सचेन्जको प्रवर्द्धक हुनसक्ने गरी गरिएको नियमावली संशोधनबाट कुनै पनि प्राइभेट कम्पनीले लगानी गरी धितोपत्र बजार सञ्चालन गर्दा उक्त धितोपत्र बजारको सार्वजनिक विश्वसनीयता नै कायम हुन नसक्ने रिट निवेदनमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077