Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा, भोलि फेरि बहस हुने

काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेको तर्फबाट आज दुई कानुन व्यवसायीहरूले बहस गरेका छन् ।

बुधबार जिल्ला अदालत काठमाडौंमा अधिवक्ता मुरारी सापकोटा र रोशनी पौड्यालले सन्दीपलाई धरौटीमा रिहा गर्नुपर्ने माग गरेर बहस गरेका हुन् ।

सन्दीपको पक्षबाट बहस गरेरका कानुन व्यवसायीले पीडितको उमेर १८ वर्ष कटिसकेको जिकिर लिएका छन् ।

सन्दीपका पक्षबाट अन्य तीन जना कानुन व्यवसायीहरूले बिहीबार बहस गर्नेछन् ।

उता पीडित युवतीका तर्फबाट ४ जना सरकारी वकिलले बहस गरेका छन् । यस्तै ३ जना विभिन्न महिलाअधिकारवादी संघसंस्थाका कानुन व्यवसायीले पनि बहस गरेका छन् ।

सन्दीपविरुद्धको मुद्दा भोलिलाई हेर्दाहेर्दैमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077