Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सन्दीपविरुद्धको मुद्दामा सरकारी वकिल र जाहेरवालाको पक्षको बहस सकियो

काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्ध परेको जबरजस्ती करणीको मुद्दामा सरकारी वकिल र जाहेरवालाको पक्षबाट बहस सकिएको छ ।

सरकारी वकिलको तर्फबाट न्यायाधिवक्ता लक्ष्मण उपाध्याय घिमिरेको नेतृत्वमा तीन र जाहरेवालाको पक्षबाट चार कानुन व्यवसायीले बहस गरेका छन् ।

आफूहरूले सन्दीपलाई पुर्पक्षका लागि थुनामा राख्नुपर्ने जिकिर गरेको न्यायाधिवक्ता घिमिरेले जानकारी दिए ।

अब सन्दीपका तर्फबाट कानुन व्यवसायीले बहस गर्नेछन् ।

अदालतको कार्यसमय अपराह्न ४ बजे नै सकिने हुनाले सन्दीपका कानुन व्यवसायीको तर्फबाट बहस सुरु भए पनि आज सकिने छैन ।

सन्दीपविरुद्ध नाबालिगलाई जबरजस्ती करणी गरेको अभियोगमा १० देखि १२ वर्षसम्मको कैद सजाय माग गर्दै गएको सोमबार मुद्दा दायर गरिएको थियो ।

मंगलबार न्यायाधीशसमक्ष उनको बयान लिइएको थियो ।

सन्दीपविरुद्ध नाबालिकमाथि जबरजस्ती करणी गरेको आरोपमा जाहेरी परेपछि उनलाई न्यायिक हिरासतमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077