Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कांग्रेस वरिष्ठ नेता पौडेलले भने - गाउँमा बसौं-बसौं लाग्ने वातावरण बनाउने मेरो इच्छा छ

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता एवं तनहुँ–१ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रामचन्द्र पौडेलले गाउँमा विकासका पूर्वाधार खडा गरेर गाउँमै बसौं-बसौं लाग्ने बनाउने आफ्नो इच्छा अहिलेसम्म पूरा हुन नसकेको बताएका छन्।

वरिष्ठ नेता पौडेलले आज एक भिडिओ सन्देश जारी गर्दै नेपालबाट प्रतिभा र श्रमशक्तिको पलायन भइरहेको बताएका हुन् ।

भिडिओ सन्देश जारी गर्दै उनले भनेका छन्, ‘गाउँ रित्तिँदैछन्। अहिलेको समस्या र चुनौती भनेको कसरी गाउँमा बस्ने वातावरण बनाउने भन्ने हो।’

गाउँमा बसौं-बसौं लाग्ने वातावरण बनाउन आफू राजनीतिमा लागेको उनले दाबी गरेका छन्।

उनले भने, ‘हाम्रा गाउँहरू रित्तिइरहेका छन्। हामीले हरेक गाउँमा मोटर, बिजुली, खानेपानी पुर्‍यायौं त्यहाँ स्कुल र स्वास्थ्य चौकी बनायौं। गाउँमा विस्तारै सबै सुविधा पुगेका छन् तर जनशक्ति पलायन रोकिएको छैन। ’

गाउँमा बसौं-बसौं लाग्ने वातावरण बनाउन पनि म यसपालि फेरि चुनावमा लडेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077