Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सन्दीपविरुद्धको मुद्दामा आजदेखि थुनछेक बहस हुँदै

काठमाडौं । बलात्कार अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज थुनछेक बहस हुँदैछ । उनीविरुद्ध जिल्ला अदालत काठमाडौंमा परेको बलात्कार मुद्दामा आज थुनछेक बहस हुन लागेको हो ।

आजको बहसपछि उनलाई पुर्पपक्षका लागि थुनामा पठाउने कि बाहिर राख्ने भन्ने विषयमा निर्णय हुनेछ। मंगलबार सन्दीपले जिल्ला न्यायाधीश माधव घिमिरेको इजलासमा बयान दिएका थिए ।

सन्दीपको बयान मंगलबार नै सकिएको थियो। बयानका क्रममा सन्दीपले पीडित भनिएकी किशोरीले कसैको उक्साहटमा आफूविरुद्ध उजुरी दिएको बताएका छन् ।

प्रहरीलाई पनि इन्कारी बयान दिएका सन्दीपले अदालतमा पनि उस्तै विषयलाई दोहोर्‍याएका हुन् । सन्दीपको प्रतिरक्षामा बहस गर्न वरिष्ठ अधिवक्ता रमन श्रेष्ठ, लभप्रसाद मैनाली, कृष्णप्रसाद सापकोटा, सविता बराल भण्डारी र अधिवक्ता मुरारीप्रसाद सापकोटाले वकालतनामा पेस गरेका छन् ।

१७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका सन्दीपविरुद्ध अनुसन्धान सकिएपछि जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले सोमबार अदालतमा मुद्दा दायर गरेको थियो । लामिछानेले नाबालिगलाई गत भदौ ५ गते काठमाडौंको एक होटलमा लगेर दुईपटक बलात्कार गरेको आरोप छ।

बलात्कार आरोपमा उनलाई १० देखि १२ वर्ष कैद सजाय माग गर्दै मुद्दा दर्ता गरिएको छ। यस्तै ५ लाख रुपैयाँ पीडितलाई क्षतिपूर्ति भराउनुपर्ने माग पनि अभियोग पत्रमा गरिएको छ। बलात्कार आरोपमा लामिछाने गत असोज २० गते पक्राउ परेका हुन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077