नवलपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं नवलपुर क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार शशाङ्क कोइरालाले राजनीतिक स्थिरताका लागि बहुमत आवश्यक भएको बताएका छन् ।
नवलपुरको दलदलेमा पाँच दलीय गठबन्धनको अगुवा कार्यकर्ता प्रशिक्षणलाई मंगलबार सम्बोधन गर्दै कोइरालाले यस्तो बताएका हुन् ।
उनले आफूहरुले बहुमत पाए स्थिरतासहित विकास दिने बाचा गरे ।
‘संविधानको रक्षा, स्थिरता र विकासका लागि गठबन्धनका उम्मेदवारलाई जिताउनुको विकल्प छैन,’ उनले भने।
Leave a Reply