Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सन्दीपको बयान सकियो, बुधबारदेखि थुनछेक बहस

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको बयान सकिएको छ । १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका उनको जिल्ला अदालत काठमाडौंमा बयान सकिएको हो ।

उनको मुद्दा मंगलबार न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा परेको थियो । उनीविरूद्ध भोलि (बुधबार)देखि थुनछेक बहस हुनेछ ।

सरकारी वकिलको कार्यालयले सन्दीपविरूद्धको मुद्दा सोमवार अदालतमा दर्ता गरेको थियो । सन्दीपविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १८ को करणीसम्बन्धी कसुरको दफा २१९ को उपदफा (३) को देहाय (घ) अन्तर्गतको कसुर गरेको अभियोग लगाइएको छ ।

जसमा १६ वर्षभन्दा बढी र १८ वर्षभन्दा कम उमेर समूहका करणी कसुरमा १० देखि १२ वर्षसम्म कैद सजाय हुन सक्ने व्यवस्था छ।

सन्दीपले भदौ ५ गते गौशालास्थित एक होटलमा पुर्‍याई जबरजस्ती करणी गरेको आरोप लगाउँदै युवतीले भदौ २१ गते सन्दीपविरुद्ध प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077