काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मासँग भेट गरेका छन् ।
आफ्नो कार्यकाल सकेर स्वदेश फर्किन लागेका बेरीले जंगी अड्डास्थित शर्माको कार्यकक्षमा भेट गरेका हुन् ।
भेटमा शर्माले राजदूत बेरीलाई सफल कार्यकालका लागि बधाई दिँदै सुखद् भविष्यको लागि शुभकामना व्यक्त गरे ।
नेपाली सेनाले यस प्रकारको भेटबाट दुई देशबीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास लिएको विज्ञप्तिमार्फत जनाएको छ ।
Leave a Reply